नियम
आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य सञ्चालन योजनामा खुलाउनु पर्ने कुराहरू
नियम ७ को उपनियम (१) बमोजिम संलग्न गर्नु पर्ने आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य सञ्चालन योजनामा निवेदकले अन्य कुराहरुको अतिरिक्त देहायका कुराहरू अनिवार्य रूपले खुलाएको हुनु पर्नेछः-

ब (क) दूरसंचार सेवा सञ्चालन गर्नको लागि आवश्यक पर्ने रकम,

(ख) लगानी गर्ने क्षमता,

(ग) दूरसंचार सेवाको लागि प्रयोग गरिने दूरसंचार प्रणाली, त्यसको गुणस्तर तथा क्षमता,

(घ) दूरसंचार सेवा सञ्चालन गर्दा जग्गा प्राप्ति गर्नु पर्ने भए सो र मुआव्जा दिनु पर्ने भए क्षतिपूर्तिको रकम,

(ङ) कुनै व्यक्ति वा संस्थासँग सम्झौता गर्नु पर्ने भए“सम्झौताका कुराहरू,

(च) दूरसंचार सेवाको सञ्चालन विधि,

(छ) दूरसंचार सेवा सञ्चालन गरे वापत ग्राहकसँग लिने शुल्कको रकम,

(ज) प्राधिकरणले तोकिदिएका अन्य आवश्यक कुराहरू ।